नयाँ दिल्ली: फिफाले बताएअनुसार, फिफा विश्व कप २०२६-को निम्ति अहिलेसम्मम १५ करोड़भन्दा अधिक टिकट रिक्वेस्ट प्राप्त भइसकेको छ। यो आँकड़ा विश्व कप टिकट बिक्रीको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो रेकर्ड हो जबकि ऱ्याण्डम सेलेक्शन ड्र-को वर्तमान चरण अहिले आधा मात्र पूरा भएको छ। फिफाले बताएअनुसार, ११ दिसम्बरमा ऱ्याण्डम सेलेक्शन ड्र टिकटिंग चरण शुरु भएपछि २०० भन्दा अधिक देश र क्षेत्रहरूका प्रशंसकहरूले फिफाडटकम/टिकट्स प्ल्याटफर्ममा भारी संख्याममा आवेदन गरेका छन्। यो चरण १३ जनवरी २०२६-मा समाप्त हुनेछ। फिफाले २०२६ वर्ल्ड कपको निम्ति हरेक टिकट आवेदनको साथ जमा गरिएको भेरिफाइड व्यक्तिगत क्रेडिट कार्ड नम्बरहरूका आधारमा ३० गुणाभन्दा अधिक ओवरसब्स्क्रिप्शन दर्ता गरिएको जानकारी दिएको छ। चाखलाग्दो कुरा के छ भने यो माग १९३०-देखि अहिलेसम्म खेलिएको सबै २२ वटा वर्ल्ड कप संस्करणको ९६४ वटा म्याचमा उपस्थित जम्मा दर्शकहरूका संख्याभन्दा ३.४ गुणा अधिक हो।
फिफा अध्यक्ष जियानी इन्फेण्टिनोले भने, फिफा वर्ल्ड कप २०२६ विश्वको सबैभन्दा ठूलो अनि सर्वाधिक समावेशी आयोजन हुनेछ। प्रशंसकहरूका यस असाधारण प्रतिक्रियाले हाम्रो खेल विश्वमा कतिको लोकप्रिय छ भन्ने प्रमाणित गरेको छ। उत्तरी अमेरिकामा हामी इतिहास रच्न गइरहेका छौं, जहाँ एकता र असाधारण फूटबलको उत्सवमा पूरा विश्व पहिलाभन्दा धेरै अधिक संख्यामा एकत्रित हुनेछ। फिफा वर्ल्ड कप २०२६-को शुरुवात ११ जूनमा हुनेछ। टुर्नामेण्टका म्याचहरू मेक्सिको, अमेरिका र क्यानाडाका १६ वटा शहरहरूमा हुनेछ। टुर्नामेण्टमा जम्मा ४८ वटा देशले हिस्सा लिनेछ अनि जम्मा १०४ वटा म्याच खेलिनेछ। फाइनल १९ जुलाईमा खेलिनेछ। रेकर्डतोड़ टिकटहरूको माग र बढ़ेको प्रारूपको साथ वर्ल्ड कप २०२६ आकारमा मात्र ठूलो नभएर प्रशंसकहरूका भागीदारीको दृष्टिकोणले पनि फूटबल इतिहासको अहिलेसम्मको सबैभन्दा यादगार संस्करण बन्न गइरहेको छ।









