नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले बताएअनुसार, एकजना महिलासहित ३ भारतीय रेफरीलाई फिफाको २०२६ अन्तर्राष्ट्रिय म्याच अधिकारीहरूका सूचीमा सामेल गरिएको छ। गुजरातकी रचना कमानीलाई महिला रेफरीहरूकी फिफाको सूचीमा सामेल गरिएको छ जबकि पुडुचेरीका अश्विन कुमार र दिल्लीका आदित्य पुरकायस्थलाई पुरुष रेफरीहरूका सूचीमा स्थान दिइएको छ। एआईएफएफ-ले अश्विन कुमार र आदित्य पुरकायस्थले मलेशियाको कुआलालम्पुरमा एएफसी रेफरी एकाडमीको कोर्स पूरा गरिसकेको अनि रचना कमानी वर्तमानमा यो कोर्स गरिरहेको जानकारी दिएको छ। यसबाहेक पुडुचेरीका मुरलीधरण पाण्डुरंगन र महाराष्ट्रका पीटर क्रिस्टोफरलाई फिफा सहायक रेफरीको रूपमा सामेल गरिएको छ। यसरी २०२६-को निम्ति फिफा अन्तर्राष्ट्रिय म्याच अधिकारीहरूका सूचीमा भारतका जम्मा १९ अधिकारी सामेल भएका छन्। यसमा ८ जना रेफरी, १० जना सहायक रेफरी र एकजना फूटसल रेफरी सामेल छन्।









