फिफा अध्यक्ष इन्फेण्टिनोको ईरान फूटबल संघका अधिकारीहरूसँग बैठक

IMG-20260404-WA0039

अन्ताल्या: पश्चिम एशियामा बढ़िरहेको तनाउ र युद्ध जस्तो स्थितिहरूले गर्दा फिफा वर्ल्ड कपमा पनि असर पर्ने तय मानिएको छ। अमेरिका र इज्रायलले २८ फरवरीमा ईरानमाथि हमला गरेपछि स्थिति मुश्किल र जटिल बनेको छ। यसले ईरानको फूटबल टीम र उनीहरूको वर्ल्ड कप अभियानमा पनि यसले सीधा असर पारेको छ। यसबीच फिफा अध्यक्ष जियानी इन्फेण्टिनो र ईरानी फूटबल अधिकारीहरूबीच तुर्कियेमा भएको बैठकलाई निक्कै महत्त्वपूर्ण मानिएको छ। फिफा वर्ल्ड कपमा ईरानी टीमको भागीदारीलाई लिएर अनिश्चितताहरूबीच भएको यस बैठकको अलग महत्त्व रहेको छ। यस भेटघाटपछि सकारात्मक संकेत प्राप्त भए पनि अमेरिकाबाट म्याचहरू हटाएर मेक्सिकोमा गराउने ईरानको मागलाई लिए चाहिँ अहिलेसम्म कुनै घोषणा गरिएको छैन। ईरानको स्थिति अहिले अनिश्चित रहेको छ। सरकारी स्तरमा टीमले वर्ल्ड कपमा हिस्सा नलिन सक्ने या उनीहरूको निम्ति अमेरिका जानु मुश्किल रहेको संकेत दिइएको छ। ईरानले त उनीहरूको म्याचहरू अमेरिकाबाट मेक्सिकोमा स्थानान्तरित गर्ने माग पनि गरेको छ। यसबीच फिफाले चाहिँ टुर्नामेण्टको शेड्यूलमा कुनै बद्लाउ नगरिने अनि ईरानले आफ्नो म्याचहरू अमेरिकामै खेल्नु पर्ने स्पष्ट गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा ईरानी टीमलाई स्वागत गरिने तर उनीहरूका सुरक्षाको ग्यारण्टी चाहिँ दिन नसकिने बयान दिँदा स्थिति झन् जटिल बनेको छ। यसबीच फिफाले चाहिँ ईरानको टीमलाई समस्त सुविधाहरू उपलब्ध गराइने अनि उनीहरूका सुरक्षालाई लिएर कुनै सम्झौता नगरिने भरोसा दिएको छ। ईरानको टीमले पनि मुश्किल परिस्थितिहरूबीच तयारी जारी राखेको छ। जोर्डनमा प्रस्तावित अभ्यास म्याचहरूलाई सुरक्षा कारणहरूले गर्दा तुर्कियेको अन्ताल्यामा स्थानान्तरित गरियो। त्यहाँ टीमले २ वटा अन्तर्राष्ट्रिय मैत्री म्याच खेल्यो। यसमा टीमले नाइजेरियाविरुद्ध २-१-ले हारको सामना गर्नु परे पनि कोस्टा रिकाविरुद्ध ५-०-ले जीत हासिल गरेको थियो। यी म्याचहरूको अवधि खेलाड़ीहरूले युद्धको विरोधमा प्रतिकात्मक प्रदर्शन पनि गरे, जुन अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको छ।
वर्ल्ड कपको तयारीहहरूको निम्ति ईरानको टीम १० जूनमा एरिजोनाको टक्सन स्थित अभ्यास शिविरमा पुग्नु छ। वर्ल्ड कपमा टीमको पहिलो म्याच १५ जूनमा न्यूजील्याण्डविरुद्ध रहेको छ। त्यसपछि बेल्जियम र मिस्र जस्तो मजबूत टीमहरूविरुद्ध म्याच रहेको छ। यसबीच भीजा समस्याले ईरानलाई सताउन सक्छ। यसले गर्दा टीमका केही अधिकारीहरूले अमेरिकामा प्रवेश नपाउन सक्छन्। समग्रमा यो स्थिति केवल खेलसम्म सीमित नभएर यसमा राजनीति, कूटनीति र वैश्विक सम्बन्धहरूको जटिलताहरू पनि सामेल छ। फिफा समक्ष पनि खेलको निष्पक्षतालाई कायम राख्दै सबै टीमहरूको निम्ति सुरक्षित र समान माहोल सुनिश्चित गर्ने चुनौती रहेको छ।

About Author

Advertisement