फिटनेस टेस्ट पास गरी मैदानमा ओर्लिन तयार प्याट कमिन्स

IMG-20260416-WA0045

हैदराबाद: आईपीएल २०२६-को दोस्रो चरण अघि कप्तान प्याट कमिन्सको आगमनको खबरले सनराइजर्स हैदराबादलाई ठूलो राहत दिलाएको छ। ताजा स्क्यानपछि उनलाई बलिंग गर्ने अनुमति प्राप्त भएको छ। क्रिकेट अष्ट्रेलियाले बिहीवार जारी बयानमा भनेको छ, सिडनीमा भएको ढाड़को ताजा जाँचपछि प्याट कमिन्सलाई कुनै प्रतिबन्ध बिना फेरि बलिंग शुरु गर्ने सम्पूर्ण अनुमति दिइएको छ। यसको साथमा बोर्डले उनको पुरानो ढाड़को चोट अहिले सम्पूर्ण रूपले निको भएको पनि बताएको छ। कमिन्स २०२५-देखि नै ढाड़को चोटसँग जुझिरहेका थिए, जसले गर्दा उनी आईपीएल २०२६-को शुरुवाती ५ वटा म्याचमा खेल्न सकेनन्। यस चोटले गर्दा उनी केही प्रमुख टुर्नामेण्टहरूबाट पनि बाहिर रहेका थिए। उनी आईपीएलको जारी सीजन शुरु हुन अघि नै भारत आएका थिए अनि नेट्समा बलिंग गरिरहेका थिए। उनले टुर्नामेण्टको दोस्रो हिस्सामा खेल्न सक्ने आशा व्यक्त गरेका थिए। कमिन्सले फिटनेस टेस्ट पास गरे पनि उनलाई हतार गरेर तुरन्त मैदानमा उतारिने छैन। रिपोर्टअनुसार, उनी २५ अप्रेलमा राजस्थान रोयल्सविरुद्ध म्याचको साथ मैदानमा ओर्लिन सक्छन्। यसरी टीमले चेन्नई सुपर किंग्सविरुद्ध आउँदो म्याचमा उनको सेवा पाउनेछैन। टीम म्यानेजमेण्ट उनको वर्कलोड र म्याच फिटनेसलाई ध्यानमा राखेर सावधानीको साथ फसेला लिन चाहन्छ। कमिन्सको अनुपस्थितिमा अहिले ईशान किशनले सनराइजर्स हैदराबादको कप्तानी गरिरहेका छन्। कमिन्स टीममा फर्किएपछि उनले नै कप्तानी गर्ने सम्भावना छ। यसबाहेक कमिन्सको आगमनले सनराइजर्सको बलिंग आक्रमण पनि मजबूत हुनेछ। उनको अनुपस्थितिमा टीमले प्रफुल्ल हिंगे र साकिब हुसैन जस्ता युवा खेलाड़ीहरूलाई मौका दिएको थियो अनि यी दुवैले टीमको गत म्याचमा प्रभावशाली प्रदर्शन गरेका थिए।

About Author

Advertisement