फालाकाटाबाट हात्तीको शव भेटियो

IMG-20230528-WA0320-5-300x172-2

अलिपुरद्वारः जिल्लाको फालाकाटा ब्लक अन्तर्गत देवगाउँ ग्राम पञ्चायतको सियालडाङ्गा क्षेत्रबाट आज एक मृत हात्तीको शव भेटिएको छ। जानकारी अनुसार, यो क्षेत्र जलदापाड़ा वन प्रभागको दक्षिण खैरबारी जंगल नजिक छ। प्राप्त जानकीर अनुसार, स्थानीय मानिसहरूले खैरबारी जंगलदेखि लगभग २०० मीटरको दूरीमा एक हात्ती लड़ेको देखे। वन विभागलाई यसको सूचना दिइयो।

सूचना पाएर वनकर्मीहरू घटनास्थलमा पुगे। प्रारम्भिक जाँचमा जंगली हात्तीको शरीरमा कुनै चोटको निशान छैन। दुवै दाँत पनि छन्। वन विभागले हात्तीको मृत्युको पछाड़ी शिकारीहरूको हात रहेको खारेज गरेको छ। वन कर्मीहरूको दाबी छ, पोस्टमार्टमपछि नै हात्तीको मृत्युको सही कारण थाहा लाग्नेछ।

About Author

Advertisement