फाइनल खेल्नदेखि चुक्यो सात्विक-चिरागको जोड़ी

IMG-20241124-WA0123

शेनझेन: भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको स्टार जोड़ी चाइना मास्टर्स सुपर ७५० टुर्नामेण्टमा फाइनल खेल्नदेखि चुक्यो। सात्विक-चिरागको जोड़ीले सेमिफाइनल म्याचमा कोरियाका जिन योंग र सियो सेउंगको जोड़ीविरुद्ध हारको सामना गर्नु पऱ्यो। पेरिस ओलम्पिकपछि आफ्नो पहिलो टुर्नामेण्ट खेलिरहेको भारतीय जोड़ीलाई पुरुष युगलको सेमिफाइनलमा कोरियाई जोड़ीले ७४ मिनटमा १८-२१, २१-१४, १६-२१-ले पराजित गऱ्यो। टुर्नामेण्टको गत संस्करण खिताब जित्ने विश्वको पूर्व नम्बर एक भारतीय जोड़ीले सेमिफाइनलमा फर्मलाई कायम राख्न सकेन अनि दोस्रो गेम सजिलै जिते पनि अन्तमा हारको सामना गर्नु पऱ्यो।

About Author

Advertisement