फाइनलमा हारले डेविड मिलर निराश

IMG-20240702-WA0257

जोहानिसबर्ग: भारतविरुद्ध आईसीसी टी२० वर्ल्ड कपको फाइनलमा हारपछि निराश दक्षिण अफ्रिकाका अनुभवी क्रिकेटर डेविड मिलरले यस परिणामलाई पचाउन मुश्किल रहेको बताए। दक्षिण अफ्रिकाले यस टी२० वर्ल्ड कपमा कुनै म्याच नहारी फाइनलमा स्थान बनाएको थियो तर पनि टीमले ट्रफी जित्न सकेन। बारबाडोसमा खेलिएको फाइनलमा भारतविरुद्ध ७ रनले हारलाई याद गर्दै मिलरले भनेका छन्, म धेरै निराश छु। यस परिणामलाई पचाउनु गाह्रो छ। आफ्नो भावनाहरूलाई बयान गर्न मसँग शब्द छैन। जे भए पनि मलाई यस टीममाथि गर्व छ। खेलाड़ीहरूले आफ्नो सर्वश्रेष्ठ दिए। उल्लेखनीय छ, यस टी२० वर्ल्ड कपमा दक्षिण अफ्रिकाले आफ्नो अभियानमा केही नजिकको म्याच जित्यो तर खिताबी लड़ाइँमा जीतको नजिक पुगेर पनि टीम अन्तिम ५ ओभरमा छताछुल्लै हुँदा पराजित भयो। मिलरले भने, यस टुर्नामेण्टमा हाम्रो यात्रा असाधारण रह्यो। हामीले पूरा टुर्नामेण्टमा उतार-चड़ाउ देख्यौं। यस टीमको मानसिकता मलाई थाहा छ अनि उनीहरूले आफ्नो शीर सदा उच्च राख्ने मलाई विश्वास छ। फाइनलको अन्तिम ५ ओभरमा दक्षिण अफ्रिकालाई केवल ३० रन चाहिएको थियो तर भारतीय पेस बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै म्याच आफ्नो पक्षमा गरे।

About Author

Advertisement