सिलगढी: कोलकोतादेखि अलिपुरद्वार गईरहेको कञ्चनजङ्घा एक्सप्रेसलाई एउटा मालगाडीले ठक्कर दिँदा कम्तीमा ८ जना यात्रीहरूको मृत्यु भएको छ भने ३० जना घाइते भएको समाचार प्राप्त भएको छ। कोलकोतादेखि आईरहेको कञ्चनजंगा एक्सप्रेस रेल दार्जिलिङ जिल्ला अन्तर्गत फाँसीदेवाको रंगपानीमा आईपुग्दा मालगाडीसित ठोक्किएर दुर्घटनाग्रस्त भएको छ। मालगाडीसित ठोक्किएपछि कञ्चनजङ्घा एक्सप्रेसका कम्तीमा दुईवटा बगीहरू पटरीबाट उत्रेको जानकारी प्राप्त भएएको छ। यस रेलगाड़ी दुर्घटनामा ५ जना यात्रीहरूको मृत्यु भएको थियो भने मृत्यु हुनेहरूको संख्या ८ पुगेको बताइएको छ भने २०-३० जना घाइते भएका छन्। घाईतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ। एउटा मालगाडीसित कञ्जनजङ्घा एक्सप्रेस ठोक्किएपछि घटना भएको भनी दार्जीलिङ पुलिसका अतिरिक्त एसपी अभिषेक रोयले बताएका छन्।
यो दुर्घटना उत्तर बंगालको दार्जिलिङ जिल्ला अन्तर्गत फाँसीदेवाको रंगपानीमा भएको थियो। उक्त दुर्घटना बिहान ८:३० बजेतिर भएको बताइएको छ।
उक्त घटना विषयमा एक रेल अधिकारीले उद्धार कार्य सुरु भएको छ र घाइते यात्रीहरूलाई अस्पताल लगिएको बताएका छन्।










