कोलकाताः भाजपा अध्यक्ष जेपी नड्डाले आइतवार दक्षिणेश्वरको माँ काली मन्दिमा पुगेर पूजा-अर्चना गरे। जानकारी अनुसार आइतवार बिहान भाजपा अध्यक्ष नड्डा दक्षिणेश्वर काली मन्दिरमा पुगे। यहाँ उनले पूर्ण भक्तिभावको साथमा माँ कालीको पूजा-अर्चना गरे साथै माँ कालीसित सबैको लागि मङ्गल कामना गरे। उनले मन्दिरमा आरती पनि गरे।
पूजा गरेपछि नड्डाले भने, मैले माँ कालीसित प्रार्थना गरें- उनले हाम्रा मानिसहरू र हाम्रो पार्टीलाई शक्ति प्रदान गरून् ताकि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हामीले आफूलाई ‘माँ भारती’- को सेवामा समर्पित गर्न सकौं।










