प्लास्टिकमुक्त पार्यावरण अभियानलाई मध्यनजर राखेर सर-सफाई साथै विरूवाहरू रोपण सम्पन्न

IMG-20250605-WA0228

सोनादा: रंगबुल एक्ले घर परिसरमा सिँचेल वाइल्ड लाइफ सेन्चुरी वेष्ट रेंज अनि रंगबुल राष्ट्रीय राजमार्ग ११० ठेकेदार संगठनको संयुक्त तत्वावधानमा प्लास्टिकमुक्त पार्यावरण अभियानलाई मध्यनजर राखेर सर-सफाई साथै विरूवाहरू रोपि ‘विश्व पार्यवरण दिवस पालन गरियो। उक्त कार्यक्रम संगठनका सभापति प्रमोद गुरूङको देखरेखमा संगठनका महासचिव मनि कुमार राईले कार्यक्रमलाई अघि बडाउँदै आमन्त्रित अतिथिहरूलाई खादा अर्पन गरी स्वागत जनाए। यस कार्यक्रममा विशेष रूपले वन विभागका रेञ्ज अफिसर मिलन राई, सहायक रेष्मा प्रधान, राष्ट्रीय राजमार्ग दार्जिलिङ विभागका प्रणय लामा, ट्राफिक ओसी विकास चामलिङ, जोरबंगलो थानाका दिपाकर अनि निरज, कोआपरेटिव सोसाइटीका पेम्बा छिरिङ डुक्पा अनि सरगम बराईली अनि उनको सहयोगीजन, रंगबुल फुटबल एकाडेमीका फिनजो वाग्दी शेर्पा, अजय सुब्बा पञ्चायत सदस्य अनिल गुट्टा, इनोस हाग्ड सुब्बा, रंगबुल क्षेत्रका समाजहरू, राष्ट्रीय राजमार्ग ज्वाइन एक्सन कमिटीका अध्यक्ष महेन्द्र प्रधान, महासचिव संदीप राई, ठेकेदार अशोक कुमार अग्रवाल लगायत स्थानीय वासीहरूको उपस्थिति रहेको सुभाष ठकुरीले जानकारी गराएका छन्।

About Author

Advertisement