“प्रोजेक्ट आगज प्लस” माथि एक दिवसीय प्रशिक्षण

n613196516171708895869961c629958c311b6bdb76a539e6d287798b4d763e5d8a607b5822dc409a9b3390.jpg

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत सोमबारिया वरिष्ठ माध्यमिक विद्यालयमा अल्केम फाउन्डेसन र सुलभ सेनिटेसन क्लबको संयुक्त पहलमा आज “प्रोजेक्ट आगज प्लस” माथि एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी केबी छेत्रीले विद्यालयमा स्वच्छताबारे जनकारी गराउनको साथै रचनात्मक र प्रभावकारी रणनीतिहरू प्रयोग गर्ने महत्त्वमाथि जोड दिए। प्रदर्शन, खेल र सिमुलेशन जस्ता अन्तरक्रियात्मक शिक्षण विधिबारे विद्यार्थीहरूलाई संलग्न गराउन र उनीहरूमा स्वस्थ बानीहरू अपनाउन प्रोत्साहित गर्न महत्त्वपूर्ण उपकरणको रूपमा प्रकाश पारे।

यसै क्रममा सोही विद्यालयका प्राचार्य प्रकाश शर्माले विद्यार्थीहरूलाई रचनात्मक विधिको प्रयोग गरेर विद्यार्थीहरूलाई संलग्न गराउँदै जन सरसफाई र स्वच्छ शिक्षा अन्तगर्त विद्यालयमा विद्यार्थीहरूलाई हात धुने कार्यक्रम आयोजना गर्नुपर्ने बताए। यस कार्यक्रममा सुलभ इन्टरनेशनलका संस्थापक रूपक रोय चौधरी र समीक्षा दासलाई अभिनन्दन जनाइयो।

यस प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य शिक्षक, विद्यालय सञ्चालन समितिका सदस्यहरू र अन्य सरोकारवालाहरूलाई विद्यालयमा पानीको सरसफाइ र स्वच्छता प्रबन्धनको लागि आवश्यक ज्ञान र सीपहरू उपलब्ध गराउनु रहेको थियो।

About Author

Advertisement