पाक्योंग: मुख्यमन्त्री प्रेम सिंह तामाङले पाक्योंग जिल्लाको रेनोंक जीपीयू अन्तर्गत रुङदुङ वार्डस्थित प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम रावतका पिता स्वर्गीय दुर्गा प्रसाद रावतको निवासमा भेटघाट गरे।

मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत यस गहिरो शोकको घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे। यस कठिन समयमा परिवारजनले शक्ति, साहस र धैर्य प्राप्त गर्न सकून् भनि प्रार्थना गरे।










