प्रेरित ध्रुव शिष्यकृत ‘सातपल्ट डुबुल्की मार’ अनि सर्जक पास्टर तिमोथी घलेकृत कृति ‘येशुसँगको मुठभेट’ को लोकार्पण

1749825899086

दार्जिलिङ: विभिन्न कार्यक्रमहरुसंगै सर्जक प्रेरित ध्रुव शिष्यकृत ‘सातपल्ट डुबुल्की मार’ अनि सर्जक पास्टर तिमोथी घलेकृत कृति ‘येशुसँगको मुठभेट’ को आज लोकार्पण गरिएको छ। दार्जिलिङको दिव्यवाणी भवनमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथिको रुपमा जीटीएका सभासद सन्दिप छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा सर्जकद्वय पास्टर रमेश गुरुङ, पास्टर किशोर त्रिखत्री लगायत अन्य पास्टरगण साथै उक्त लोकार्पित कृतिहरुका प्रायोजक डुनामिज बाइबल ईन्टरन्यासनल बाइबल कलेज प्रमुख शिव मुखिया लगायत अन्यको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरुको बाहुलीबाट नै उक्त दुईवटा कृतिहरुको लोकार्पण गरिएको छ‌।

उक्त लोकार्पण अवधि सभासद सन्दिप छेत्री अनि पास्टर रमेश गुरुङलाई सम्बर्द्धना पनि जनाइएको थियो। लोकार्पण कार्यक्रममा प्रमुख वक्ताको रूपमा पास्टर किशोर त्रिखत्री रहेका थिए भने सम्पूर्ण कार्यक्रमको सञ्चालन कवि राजु गिरीले गरेका थिए।

About Author

Advertisement