‘प्रेमगञ्ज’का कलाकारद्वारा ‘ब्रिज हेयर एन्ड ब्युटी सलुन’ उदघाटन

Beauty-Saloon-1

काठमाडौँ: प्रदर्शोन्मुख फिल्म ‘प्रेमगञ्ज’का कलाकारसँगै पत्रकार ऋषि धमलाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’ उद्धघाटन गरे। काठमाडौँको बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार नेपाली फिल्म क्षेत्रका चर्चीत व्यक्तिहरुबाट ‘ब्रिज हेयर एण्ड ब्युटी सलुन’ ‘प्रेमगञ्ज’का कलाकार बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए। कार्यक्रममा अभिनेता निराजन प्रधान र पत्रकार ऋषि धमला पनि उद्घाटन कार्यक्रममा साथ दिए। अनिल थापाले सञ्चालनमा ल्यायको सलोनको उद्धघाटन कार्यक्रममा बोल्दै अभिनेत्री हमालले हरकोहीलाई राम्रो वा राम्री बन्न मन लाग्ने भएकाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’ले त्यो अपेक्षा पूरा गरोस् भन्ने शुभेच्छा दिइन्।  ‘हामी हर कोही अरुबाट राम्रो देखिएको सुन्न चाहान्छौँ। यो सलुनले हामी जस्ताको चाहना पूरा गर्छ भन्ने अपेक्षा छ,’ उनले सलुन उद्घाटनपछि भनिन्। श्रृंगारका उत्कृष्ट प्रशाधन र ग्राहकमैत्री सेवाको साथ व्यवसाय चलाउन उनले सुझाव पनि दिइन्।

यस्तै अभिनेता निराजन प्रधानले पनि कलाकार मात्र नभएर हरकोही सौन्दर्यप्रति सचेत हुँदै गएकाले यस्ता सलुनको महत्व बढिरहेको बताए। उनले भने, ‘कलाकारहरुले शिरदेखि पाउसम्म राम्रो देखियोस् भनेर ध्यान दिने गरेको बताउँदै त्यसमा ब्युटी र ह्याण्डसम पार्लरहरुको पनि देन रहेको बताएका छन्। पत्रकार धमलाले पछिल्लो समय पार्लर र सलुन जानेको आर्कषण बढेको बताए। उनले भने, ‘म सधैँ व्यस्त रहने मान्छे हूँ। भ्याएसम्म चिटिक्क परेरै हिँडछु। सलुन नै जान्छु कहीँ नगए पनि मान्छेहरूमा सलुनको आकर्षणप्रति म कदर गर्छु।’ सञ्चालक थापाले भारत, इंग्ल्याण्ड तथा अमेरिकामा लामो समय यो क्षेत्रमा गरेको अनुभवले नेपालमा सलुन खोल्न प्रेरित गरेको बताए। ‘मैले भारतदेखि इंग्ल्याण्ड अमेरिकासम्म पनि सलुन र सौन्दर्यको बारेमा जे जति ज्ञान हासिल गरेँ, ‘अब स्वदेशमै केही गर्न चाहन्छु भनेर ब्रिज हेयर एण्ड ब्युटी सलुन यो त्यसैको परिणाम हो। ‘यसले सुन्दर बन्न चाहने युवा युवतीको चाहाना पूरा गर्ने गरी काम गर्छौँ,’ अनिल थापाले भने।

About Author

Advertisement