प्री सुब्रोतो कप जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता आज सम्पन्न

n6205125991720027831948aeb4283c56b937cf9398ca355fea96bc70481f4af30dd4d499934b74168286d6

नाम्ची: खेलकुद एवं युवा मामिला विभाग, नाम्ची जिल्लाले २९ जूनदेखि ३ जुलाईसम्म प्री सुब्रोतो कप जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजन गऱ्यो। राज्यस्तरीय प्रतियोगिताको निम्ति छनौट चरणमा अन्डर १५ बोइज वर्गमा १३ टीम र अन्डर १७ बोइज वर्गमा ७ टीम सहभागी बनेको थियो। आज सम्पन्न भएको फाइनल खेलहरूमा दुवै वर्गमा नाम्ची उच्चतर माध्यमिक विद्यालय विजयी बनेको छ। नाम्ची उच्चतर माध्यमिक विद्यालयले आगामी ५ देखि ८ जुलाईसम्म राजधानीको पाल्जोर स्टेडियममा हुने राज्यस्तरीय अन्तर विद्यालय प्रतियोगितामा नाम्ची जिल्लालाई प्रतिनिधित्व गर्नेछ। फाइनल खेलमा नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल सुभाष घिमिरे मुख्य अतिथि थिए।

About Author

Advertisement