प्री-क्वार्टर फाइनलमा पुग्न सफल नरबुंग फूटबल क्लब

photocollage_202471610372646

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा नरबुंग फूटबल क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा सोमवार खेलिएको म्याचमा नरबुंग फूटबल क्लबले खप्रेल फूटबल क्लबलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट गणेश लिम्बुले ३९औं र ५०औं मिनटमा २ गोल गरे। यसबाहेक आशिष सुब्बाले ४८औं मिनटमा गोल गरे। यसरी खप्रेल एफसी-बाट कुशाल भुजेलले ५४औं र अविराज विश्वाले ५७औं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र सजन राई थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब मंगलवार खेलिने म्याचमा यूकेएफसी फूटबल एकाडमी र एनपीसीबी भट्टीटारबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

Advertisement