प्रीमियर लीगः म्यानचेष्टर युनाइटेड र सिटी विजयी

photocollage_202321311114975.jpg

१३ फरवरीः ईंग्लिश प्रीमियर लीगमा विपरीत परिस्थितिमा खेल्दै म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीले आ-आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडले लीड्स युनाइटेडलाई २-०-ले पराजित गऱ्यो। लीड्स युनाइटेडको होम ग्राउण्डमा ६७ प्रतिशत पोजेशनको साथ खेले पनि म्यानचेष्टर युनाइटेडले गोलको निम्ति निक्कै लामो प्रतीक्षा गर्नु पऱ्यो। टीमले दुवै गोल म्याचको अन्ततिर हासिल गऱ्यो। विजेता टीमबाट मार्कस रासफोर्डले ८०औं र अलेहान्द्रो गारनाचोले ८५औं मिनटमा गोल गरे। यस जीतपछि म्यानचेष्टर युनाइटेड प्रीमियर लीग टेबलमा २३ वटा म्याचमा ४६ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी नै १७औं स्थानमा रहने लीड्स युनाइटेडसँग २२ वटा म्याचपछि १९ पोइण्ट रहेको छ।
यसरी नै म्यानचेष्टर सिटीले आफ्नो होम ग्राउण्डमा खेल्दै एस्टन भिल्ला विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। ऐतिहाद स्टेडियममा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीले म्याचको जम्मै गोल मध्यान्तर अघि हासिल गऱ्यो। रोड्रीले चौथो मिनटमा गोलको खाता खोलेपछि इल्के गुण्डोगानले ३९औं मिनटमा दोस्रो गोल दिलाए। त्यसपछि रियाद माहरेजले स्टपेज टाइमको पहिलो मिनटमा पेनल्टीबाट गोल गरी स्कोर ३-० पुऱ्याए। ओली वाट्किन्सले ६१औं मिनटमा एस्टन भिल्लालाई म्याचको एकमात्र गोल दिलाए। यस जीतपछि म्यानचेष्टर सिटी २२ वटा म्याचमा ४८ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी नै एस्टन भिल्ला २८ पोइण्ट लिएर ११औं स्थानमा रहेको छ।

About Author

Advertisement