प्रीमियर लीगः न्यूक्यासलले २० सालमा पहिलोपल्ट च्याम्पियन्स लीगको निम्ति क्वालीफाई गऱ्यो

IMG-20230523-WA0101.jpg

२३ मईः ईंग्लिश प्रीमियर लीग फूटबलबाट न्यूक्यासल युनाइटेडले २० सालमा पहिलोपल्ट च्याम्पियन्स लीगको निम्ति क्वालीफाई गऱ्यो। सोमवार राति लिस्टर सिटी विरुद्ध म्याच गोलरहित ड्र (०-०)-मा समाप्त हुनको साथै टीमले च्याम्पियन्स लीगको आउँदो सीजनको निम्ति क्वालीफाई गऱ्यो। यस ड्र पछि न्यूक्यासल युनाइटेड प्रीमियर लीग सत्रको अन्तिम म्याचमा चेल्सी विरुद्ध पराजित भए पनि शीर्ष चारमा कायम रहने तय भयो। अहिले प्रीमियर लीग टेबलको तेस्रो स्थानमा रहने न्यूक्यासलसँग ३७ वटा म्याचमा ७० पोइण्ट्स रहेको छ। यसबीच लिस्टर सिटी चाहिँ रेलिगेशनको शिकार बन्ने नजिक रहेको छ। अहिले ३१ पोइण्ट्सको साथ १८औं स्थानमा रहने लिस्टरले तल्लो टियरमा झर्नदेखि बाँच्नको निम्ति आफ्नो अन्तिम म्याचमा वेष्ट ह्यामलाई जसरी भए पनि पराजित गर्नु पर्नेछ। लिस्टर सिटी विरुद्ध आफ्नो होम ग्राउण्डमा ७८ प्रतिशत पोजेशनको साथ खेल्ने न्यूक्यासलले धेरै मौका पाए पनि गोल गर्न सकेन।

About Author

Advertisement