प्रीमियर लीगः म्यानचेष्टर युनाइटेड र सिटीले जिते पनि चेल्सीको हार

IMG-20230409-WA0088.jpg

९ अप्रेलः ईंग्लिश प्रीमियर लीग फूटबलमा खिताब जित्ने रेसमा सामेल म्यानचेष्टर सिटीले आफ्नो म्याच सजिलै जिते पनि चेल्सी चाहिँ पराजित भयो। यसरी नै म्यानचेष्टर युनाइटेड र टोटनह्याम हट्स्परले पनि आ-आफ्नो म्याच जित्यो। लीग च्याम्पियन बन्ने रेसमा आर्सनललाई चुनौती दिन जारी राख्दै सिटीले शनिवार राति खेलिएको म्याचमा साउथम्प्टन विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। साउथम्पटनको होम ग्राउण्ड सेण्ट मेरीज स्टेडियममा ७३ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट स्टार स्ट्राईकर एर्लिंग हालाण्डले ४५औं र ६८औं मिनटमा २ गोल गरे। यसबाहेक ज्याक ग्रेलिसले ५८औं र जुलिअन अल्भारेजले ७५औं मिनटमा पेनल्टीबाट गोल गरे। साउथम्प्टनबाट सेको माराले ७२औं मिनटमा गोल गरे। यस जीतपछि सिटी २९ वटा म्याचा ६७ पोइण्टको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा कायम रह्यो। अहिले उनीहरूसँग शीर्ष स्थानमा रहने आर्सनलभन्दा ५ पोइण्ट कम्ती रहेको छ। साउथम्पटन ३० वटा म्याचमा २३ पोइण्टको साथ २०औं स्थानमा रहेको छ।

चेल्सी चाहिँ निराशाजनक प्रदर्शनको क्रम जारी राख्दै वूल्भ्स विरुद्ध १-०-ले पराजित भयो। आफ्नो होम ग्राउण्डमा ३७ प्रतिशत पोजेशनको साथ खेल्ने वूल्भ्सबाट एकमात्र गोल मेथिउस नुनेसले ३१औं मिनटमा छिराए। यस हारपछि चेल्सी ३० वटा म्याचा ३९ पोइण्टको साथ ११औं स्थानमा रहन पुग्यो। यसरी नै १२औं स्थानमा रहने वूल्भ्ससँग ३१ पोइण्ट रहेको छ।
यसबीच म्यानचेष्टर युनाइटेडले एभर्टनलाई २-०-ले पराजित गऱ्यो। होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडबाट स्कट म्याकटोमिनेले ३६औं र एन्थोनी मार्शियलले ७१औं मिनटमा गोल गरे। यस जीतपछि युनाइटेड २९ वटा म्याचमा ५६ पोइण्टको साथ चौथो स्थानमा पुग्यो। एभर्टन ३० वटा म्याचमा २७ पोइण्टको साथ १७औं स्थानमा रहेको छ। टोटनह्यामले चाहिँ ब्राइटन विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ३५ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामलाई पूरा म्याचमा दबाउमा देखियो तर सोन ह्यूंग-मिन (१०औं मिनट) र ह्यारी केन (७९औं मिनट) ले दिलाएको गोलले टीमलाई जीत हासिल भयो। ब्राइटनबाट लेविस डंकले ३४औं मिनटमा गोल गरे। टोटनह्याम अहिले ३० वटा म्याचमा ५३ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। यसरी नै सातौं स्थानमा रहने ब्राइटनले २८ वटा म्याचमा ४६ पोइण्ट बटुलेको छ।

प्रीमियर लीगका अन्य म्याचहरूमा न्यूक्यासलले ब्रेण्टफोर्डलाई २-१-ले, एस्टन भिल्लाले नटिंघम फरेष्टलाई २-०-ले अनि बोर्नमाउथले लिस्टर सिटीलाई १-०-ले पराजित गऱ्यो। न्यूक्यासल अहिले २९ वटा म्याचमा ५६ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ।

About Author

Advertisement