प्रीमियर लीगःअन्तिम म्याचमा म्यानचेष्टर सिटीको हार, आर्सनल विजयी

IMG-20230529-WA0132.jpg

२९ मईः ईंग्लिश प्रीमियर लीगको खिताब अगावै जित्ने म्यानचेष्टर सिटीले घरेलु सीजनको अन्तिम म्याचमा हारको सामना गर्नु पऱ्यो। यसबीच आर्सनलले चाहिँ ठूलो जीतको साथ सीजनको अन्त गऱ्यो। अधिकांश स्टार खेलाड़ीहरूलाई बेञ्चमा राखेर खेल्न ओर्लिने म्यानचेष्टर सिटीलाई ब्रेण्टफोर्डले १-०-ले पराजित गऱ्यो। होम ग्राउण्डमा ३४ प्रतिशत पोजेशनको साथ खेल्ने ब्रेण्टफोर्डबाट एथान पिनोकले ८५औं मिनटमा गोल गरे। यस म्याचपछि सिटीले ३८ वटा म्याचमा ८९ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेर प्रीमियर लीग सीजन २०२२-२३-को समापन गऱ्यो। यसरी ब्रेण्टफोर्ड ५९ पोइण्ट्सको साथ नवौं स्थानमा रह्यो। आर्सनलले चाहिँ गत दुईवटा म्याचको निराशालाई भुलेर वूल्भ्स विरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। एमिरेट्स स्टेडियममा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट ग्रानिट खाकाले ११औं र १४औं मिनटमा २ गोल गरे। यसबाहेक बुकायो साकाले २७औं, गेब्रिएल जीससले ५८औं र जाकुब किविओरले ७८औं मिनटमा गोल गरे। यस जीतपछि आर्सनल ८४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। यसरी वूल्भ्स ४१ पोइण्ट्सको साथ १३औं स्थानमा रहन पुग्यो।

यसरी नै न्यूक्यासल युनाइटेड र चेल्सीबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। एन्थोनी गोर्डोनले नवौं मिनटमा न्यूक्यासललाई बढ़त दिलाए। त्यसपछि न्यूक्यासलकै खेलाड़ी केरान ट्रिपिएरले २७औं मिनटमा आत्मघाती गोल गर्दा चेल्सी १-१-को बराबरीमा पुग्यो। यस ड्र पछि न्यूक्यासलले ७१ पोइण्ट्सको साथ आफ्नो चौथो स्थानलाई सुरक्षित राख्यो। यसरी चेल्सीले ४४ पोइण्ट्सको साथ १२औं स्थानमा रहेर निराशाजनक सीजनको अन्त गऱ्यो। लिभरपूल र साउथम्प्टनबीच खेलिएको म्याच पनि ४-४-ले ड्र रह्यो। यस अवे म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट डिओगो जोटाले १०औं र ७३औं मिनटमा २ गोल गरे। यसबाहेक रोबर्टो फिर्मिनोले १४औं र कोडी गाक्पोले ७२औं मिनटमा गोल गरे। म्याचको शुरुमै २ गोल खाए पनि असाधारण पुनरागमन गर्ने साउथम्प्टनबाट कमालदीन सुलेमानाले २८औं र ४८औं मिनटमा २ गोल गरे। यसबाहेक जेम्स वार्ड-प्राउसले १९औं र एडम आर्मस्ट्रंगले ६४औं मिनटमा गोल गरे। लिभरपूल ६७ पोइण्ट्सको साथ पाँचौं स्थानमा रह्यो। यसरी रेलिगेशनको शिकार बन्ने साउथम्प्टन २५ पोइण्ट्सको साथ २०औं स्थानमा रह्यो।
यसबीच म्यानचेष्टर युनाइटेडले फूलह्याम विरुद्ध २-१-ले जीतको साथ सकारात्मक मिजासमा सीजनको अन्त गऱ्यो। होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडबाट जेडोन साञ्चोले ३९औं र ब्रूनो फर्नाण्डेजले ५५औं मिनटमा गोल गरे। फूलह्यामबाट केनी टेटे ले १९औं मिनटमा गोल गरे। यस जीतपछि म्यानचेष्टर युनाइटेड ७५ पोइण्ट्सको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी फूलह्यामले ५२ पोइण्ट्सको साथ १०औं स्थानमा रहेर सत्रको समापन गऱ्यो। टोटनह्याम हट्स्परले लीड्स युनाइटेड विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट ह्यारी केनले दोस्रो र ६९औं मिनटमा २ गोल गरे। टोटनह्याम ६० पोइण्ट्सको साथ आठौं स्थानमा रह्यो। अन्य म्याचहरूमा एस्टन भिल्लाले ब्राइटनलाई २-१-ले, एभर्टनले बोर्नमाउथलाई १-०-ले अनि लिस्टर सिटीले वेष्ट ह्यामलाई २-१-ले पराजित गऱ्यो। क्रिस्टल प्यालेस र नटिंघम फरेष्टबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement