प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20221022-WA0285.jpg

गान्तोक: आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने पार्टीलेस पञ्चायत चुनाउलाई लिएर आज टाशी नामग्याल उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा एक सभा सम्पन्न भयो। गान्तोक जिल्लाका पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर आयोजित प्रशिक्षण कार्यक्रममा स्रोतवक्ताकोरूपमा अतिरिक्त जिल्लापाल तुषार निखारे लगायत अन्यहरू रहेका थिए। यस अवसरमा कूल एक सय जना पोलिङ र प्रिसाइडिङ अधिकारीहरूले सहभागिता जनाएका थिए।स्रोतवक्ता तुषार निखारेले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूको चुनाउमा हुने भूमिका साथै जिम्मेवारीबारे अवगत गराइयो। सोही प्रकारले उनले इभीएम मशिन सञ्चालन गर्ने प्रविधिबारे पनि विस्तृतरूपमा जानकारी गराए। आजको सभामा दोस्रो चरणको अर्को सभा २४ अक्टोबरको दिन हुने निर्णय लिएको छ।

About Author

Advertisement