प्रिया छेत्रीलाई सुकुनामा सम्मान

4660ea61-161d-44a2-8ba6-b4156df59157

सिलगढीः केएफसी सिलगढीको पक्षमा आज सुकुना इला पाल स्कुल खेल मैदानमा प्रिया छेत्रीलाई सम्मान जनाए। खोलाचन्दफाफ्री निवासी प्रकाश छेत्री अनि शिला छेत्रीकी कान्छी सुपुत्री गत २६ मार्च २०२३ बेङलोरमा भएको १८ किलोमीटर को म्यारोथनमा पहिलो स्थान ओगटन सफल बनेको थियो। नानी प्रियाले हाम्रो समाज र क्षेत्रको नाम रोशन गरे बापत आज प्रिया छेत्रीलाई केएफसी सिलगढीले भब्य कार्यक्रम बिच सम्मान जनाइयो। केएफसी सिलगढीका टेक्निकल कमिटी मेम्बर क्रमैले एचके लामा, कप्तान एसडि तामाङ, पिसि थुलुङ, केएफसीका सह सचिव बिजय लिम्बू, कार्यकारी अध्यक्ष सुरेन प्रधान, वरिष्ठ सदस्य एलके राई सोताङ, चिफ कोच दिनकर छेत्री, सहकोच रोल्याण्ड सुब्बा, आशिश प्रधानले सयपत्री फुलको माला लगाएर सम्मान जनाए। केएफसी सिलगढीका खेलाडीबर्गले पनि तिनलाई खदार्पण लगाई शुभकामना ब्यक्त गरे। पिया छेत्री आज खेल मैदानमा आइ पुग्न साथ केएफसी कार्यकारी अध्यक्ष सुरेन प्रधान, सहसचिव बिजय लिम्बू, एलकेराई सोताङ, चिफकोच दिनकर छेत्री र सहकोच रोल्याण्ड सुब्बालाई खदार्पण लगाई केएफसी सिलगढीको माया र सहयोगको निम्ति आभार ब्यक्त गरिन्, हुने बिरुवाको चिल्लो पात भनेको यहि नै हो। पियाको सम्मान पत्र कप्तान एस डि तामाङ ले पठन गरे। एल एक राई सोताङ अनि सुरेन प्रधानले सयुक्त रूपमा प्रिया छेत्री लाई सम्म्बमान पत्र प्रदान गरे।  

आजको कार्यक्रममा सुकुना भुतपुर्व सैनिक सङगठनबाट कोषाध्यक्ष  रतन लामा, सतिश राई,  सुकुना ग्राम वेल्फेयेयर समितिबाट  मानौता गुरुङ, अनुपमा लामा, सबिता राई, पुनम छेत्री र रहिना लामा, नारी कल्याण समितिबाट अनुरा खवास प्रधान र कबिता छेत्री त्यसरी नै सुकुना ग्रामिण महिला समिति भाग २ कि बिन्दिया राई र अनिता लामा उपस्थित थिए। उपस्थित महानुभाव सबैले खदा माला पहिराएर प्रिया छेत्रीलाई सम्मान जनाए भने नानीलाई आगामी कार्यक्रमको निम्ति शुभकामना ब्यक्त गरेको जानकारी केएफसीका कार्यकारी अध्यक्ष सुरेन  प्रधान जानकारी गराएका छन्।

   

About Author

Advertisement