खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखबारी लङ्भ्यु अम्बटे समष्टिको प्रार्थी कल्पना प्रधानको पक्षमा रोहिणी लाप्चेटार अनि गैरी गाँउ बुथमा प्रकाश तामाङको अध्यक्षतामा चुनावी सभा सम्पन्न भएको छ। पेम्बा गोलेले संचालन गरेको सभालाई समष्टि प्रार्थी कल्पना प्रधान,समष्टि सचिव ललित प्रधान, बिसम गोले, दिपक तामाङ, आदिले सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा समष्टि सचिव ललित प्रधानले रोहिणी क्षेत्रमा विगतमा पनि पार्टीको माध्यमबाट धेरै विकास भएको र अझ पनि यस क्षेत्रमा धेरै विकासको कार्य गर्न पर्ने बताए जसको निम्ति समष्टि उमेद्वारलाई विपुल मतले बिजय गराउने अनुरोध गरे। सभालाई सम्बोधन गर्दै यसपालीको समष्टिको प्रार्थी कल्पना प्रधानले क्षेत्रीय पार्टीको प्रशासक नभएको कारणले गाँउ गाउँमा धेरै धेरै समस्या भएको बताए। यी सबै समस्याको समाधान गर्न आउँदो चुनावमा आफूलाई विपुल मतले बिजय गराएर अनित थापालाई जीटीए प्रशासकको रूपमा राख्ने अनुरोध गरिने। यसको साथै रोहिणी क्षेत्रलाई भविष्यमा पर्यटन स्थल बनाउने उनको संकल्प रहेको पनि बताइन्। सभामा केन्द्रीय समिति सदस्य सन्तोस लामा, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, महुकमा समष्टि सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, समष्टि सदस्य कल्यान लामा, रोहिणीका संयोजक प्रदीप प्रधान, अभिभावक फ्रोरमका सल्हाकार सुबोध लामा, प्रचार प्रसार सचिव जिनोद परियारको विशेष उपस्थिति थियो।










