प्रार्थी अनित थापाको पक्षमा खरसाङ बजारमा धारावाहिक रुपमा चुनावी सभा सम्पन्न

IMG-20220608-WA0123.jpg

खरसाङ: आगामी जीटीए चुनावमा खरसाङको २९ नम्बर समष्टि खरसाङ गिध्द पहाड़ समष्टिबाट चुनाव लडिरहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको पक्षमा चुनावी सभा लगातार रूपमा भईरहेको छ। प्रार्थी अनित थापाको पक्षमा खरसाङ बजारको विभिन्न वार्डहरूमा चुनावी सम्पन्न भईरहेको छ। यसै क्रममा आज पनि पार्टी अध्यक्ष अनित थापाको पक्षमा खरसाङ गिध्द पहाड़ समष्टिमा चुनावी सभा खरसाङको वार्ड नम्बर १८ मा सम्पन्न भएको छ। उक्त सभामा विशेष रुपमा समष्टि सभापति पेमेन्द्र गुरुङ, समष्टी सचिव भक्तिमान तामाङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोन उपस्थित रहेका थिए। सभामा समष्टि सचिव भक्तिमान तामाङले चुनावी सभामा जीटीए चुनावको विषयमा जानकारी गराउँदै हाम्रो समष्टीबाट पार्टी अध्यक्ष अनित थापा नै प्रार्थी रहेको कारणले हामी सबै मिलेर पार्टी अध्यक्ष अनित थापालाई जिताउने अाह्वान् गरेका छन्। सभामा अन्य वक्ताहरूले पनि सम्बोधन गरेका थिए। सभामा खरसाङ बजार अन्तर्गत वार्ड नम्बर १८ मा चुनावी को-अर्डिनेशन कमिटी गठन गरिएको छ। सभामा सबैले पार्टी अध्यक्ष अनित थापालाई जिताउने प्रतिबध्दता जाहेर गरेको बताइएको छ।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गिध्द पहाड़ समष्टि सभापति पेमेन्द्र गुरुङले हाम्रो २९ नम्बर समष्टिको प्रार्थी पार्टी अध्यक्ष अनित थापा आफै रहेकोले हामी सबै मिलेर पार्टी अध्यक्ष अनित थापालाई जिताउन समष्टीभरिमा धारावाहिक रुपमा चुनावी सभा र चुनाव को-अर्डिनेशन कमिटी गठन गरिने कार्य चलिरहेको बताएका छन् । उनले आज खरसाङ बजारको वार्ड नम्बर १८ मा चुनावी सभा गरेर चुनाव को-अर्डिनेशन कमिटी गठन गरिएको अनि अब वार्डहरूमा पनि चुनाव सभा गरेर चुनाव को-अर्डिनेशन कमिटी गठन गरिदिने अाह्वान् गर्दै ययपालीको जीटीए चुनावमा पार्टी अध्यक्ष अनित थापालाई हाम्रो समष्टीबाट जिताउने निवेदन पनि गरेका छन् ।

About Author

Advertisement