प्राथमिक शिक्षा परिषदका अधिकारी दस्तावेज लिएर ईडी अफिस पुगे

ED-3

कोलकाता: राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा ईडीको समनमा प्राथमिक शिक्षा परिषदका अधिकारी दस्तावेज लिएर मंगलवार दिउँसो ईडी अफिस पुगेका छन्। परिषदका दुई अधिकारी वर्ष २०१२ र २०१४ मा लिइएको प्राथमिक शिक्षक पात्रता परीक्षा (टेट) को दस्तावेजहरू लिएर आएका छन्। त्यही केन्द्रिय एजेन्सीका अधिकारीले जानकारी गराएका छन्, प्राथमिक शिक्षा परिषदका पूर्व सचिव रत्ना बागचीलाई पनि नोटिस पठाइएको छ। यही मामिलामा पक्रा परेका प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष एवं तृणमूल विधायक माणिक भट्टाचार्य जब पदमा थिए तब उनी सचिव थिए। उनलाई छिटोभन्दा छिटो केन्द्रिय एजेन्सीको अफिसमा हाजिर हुनलाई भनिएको छ। वस्तुतः हालमा पक्रा परेका तृणमूल युवा नेता शान्तनु ब्यानर्जी, कुन्तल घोष, अयन शील र अन्य धेरै आरोपितहरूको घरबाट शिक्षक नियुक्ति भ्रष्टाचारसित सम्बन्धित धेरै दस्तावेज उद्धार गरिएको छ। यसैले त्यसको मिलान गर्न र यो दस्तावेज उनीहरू कहाँ कसरी पुग्यो, यो बुझ्नका लागि ईडी अधिकारीहरूले प्राथमिक शिक्षा परिषदबाट विस्तृत रिपोर्ट मागेका छन्।

About Author

Advertisement