प्राथमिक पाठशालाकाे भान्साघर निर्माण कार्यकाे शिलान्यास

मिरिक: दार्जिलिङ जिल्लापाल कार्यालय मार्फत मिरिक प्राथमिक पाठशालाकाे भान्सा घर निर्माण भएकाे छ।लगभग तीन लाख रूपियाँकाे लागतमा निर्माण हुने उक्त भान्सा घर निर्माण कार्यकाे शिलान्यास शनिबार गरियाे ।शिलान्यास लामा गुरूकाे मन्त्राेच्चारणकाे साथमा तृणमूल कंग्रेस मिरिक टाउन कमिटि संयाेजक विकास सुब्बा अनि युवा नेता साङ्गे तामाङले गरे।यस अवसरमा बाेल्दै दार्जिलिङ जिल्लापाल मार्फत मिरिक महकुमाकाे चारवटा प्राथमिक पाठशालाकाे भान्सा घर निर्माण हुने तय भएकाे अनि पानीघट्टा क्षेत्रमा दुईवटा निर्माण भइरहेकाे बताए। द्वयले मिरिक बस्ती पहिला गाँउकाे एउटा प्राथमिक पाठशाला अनि मिरिक प्राथमिक पाठशालाकाे भान्सा घर निर्माण हुने जानकारी गराँउदै भान्सा घर निर्माण कार्य गुणस्तरीय हुनेछ भने। प्राथमिक पाठशालामा अध्यनरत विध्यार्थीहरूलाई भाेजनमा सुविधा हाेस भनेर नै भान्सा घरकाे निर्माण कार्य शुरू भएकाे बताए।

About Author

Advertisement