प्राचीन कुण्ड धाम परशुराम महादेव मन्दिरको राज्यपालले गरे भ्रमण

n67825498017561440657735b8cf3ac88442c39820e39c79cf27afcc1419994c2d804f37978b3ff95eb7d18

गान्तोक: हाल राजस्थान प्रवासमा रहेका, राज्यपाल ओमप्रकाश माथुरले आज पाली जिल्लास्थित प्राचीन कुण्ड धाम परशुराम महादेव मन्दिरको भ्रमण गरे।
अरावली पर्वतमालाको काखमा स्थित यस स्थलमा राज्यपालले विधिवत जलाभिषेक एवं रुद्राभिषेक गरेर सारा देशवासीहरूको सुख, शान्ति र समृद्धिको लागि प्रार्थना गरे।
राजभवनद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, राज्यपालले गुफा मन्दिरमा भगवान शिवको दर्शन गरेर परशुराम जीको तपस्थलीलाई नमन गरे। राज्यपालले यस पवित्र स्थललाई आस्थाको केन्द्रका साथै आत्मचिन्तन, सांस्कृतिक चेतना र आध्यत्मिक उर्जाको स्रोत बताएका छन्।
यस अवसरमा राजस्थान सरकारका मन्त्री जोरा राम कुमावत र ओटाराम देवासी, पूर्व सांसद, स्थानीय प्रशासन, श्रद्धालुजन आदिको गरिमामयी उपस्थिति थियो। पूजा र आरतीपछि श्रद्धालुहरूलाई प्रसाद पनि वितरण गरिएको थियो।

About Author

Advertisement