नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता तथा भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले शनिवार चेक रिपब्लिकका दिग्गज प्रशिक्षक यान जेलेज्नीसँग आफ्नो साझेदारी समाप्त गर्ने घोषणा गरे। यो साझेदारी केवल एक सीजनसम्म चल्यो, जसलाई नीरजले प्रगति, आपसी सम्मान र खेल प्रति साझा जोशले भरिएको बताए। यस अनुबन्धको समाप्ति पछिको कुनै ठोस कारण चाहिँ नीरजले बताएनन्। जेलेज्नीलाई ज्याभलिन थ्रो इतिहासका सबैभन्दा महान खेलाड़ीहरूमा एक मानिन्छ अनि उनको नाममा यस खेलको वर्ल्ड रेकर्ड पनि रहेको छ। उनकै मार्गदर्शनमा नीरजले गत वर्ष पहिलोपल्ट ९० मीटरको आँकड़ा पार गरेका थिए। आफ्नो अनुभव साझा गर्दै नीरजले जुन खेलाड़ीलाई उनी वाल्यकालदेखि आफ्नो आदर्श मान्थे, उनीबाट प्रशिक्षण हासिल गर्नु सपना साकार भएको जस्तो रह्यो भनी बताए। उनले भने, यानसँग काम गरेर मलाई एउटा नयाँ टूलबक्स प्राप्त भयो, नयाँ एक्सरसाइज, तक्निकी विचार र खेललाई हेर्ने नयाँ दृष्टिकोण। तक्निक, लय र मूभमेण्टलाई लिएर उनको सोच अद्भूत छ। हरेक सेशनमा मैले उनीबाट केही नयाँ सिक्ने मौका पाए। मैले आफ्नो जीवनको आदर्शसँग एउटा गहिरो मित्रता बनाए अनि यो मेरो निम्ति ठूलो गर्वको कुरा हो। यान अहिलेसम्मका सबैभन्दा महान ज्याभलिन थ्रो खेलाड़ी मात्र नभएर एकजना असाधारण व्यक्ति पनि हुन्।
५९ वर्षीय जेलेज्नीले पनि यस साझेदारीलाई लिएर सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले भने, नीरज जस्ता एथलीटसँग काम गर्नु एउटा असाधारण अनुभव रह्यो। हामी एकसाथ आयौं अनि मैले उनलाई पहिलोपल्ट ९० मीटरको वाधा पार गर्नमा सहायता गऱ्यौं अनि यो मेरो निम्ति खुशीको कुरा हो। वर्ल्ड च्याम्पियनशीपलाई छोड़ेर अन्य सबै प्रतियोगितामा नीरज कम्तीमा दोस्रो स्थानमा रहे, जुन असाधारण रेकर्ड हो। टोक्योभन्दा १२ दिन लागेको ढाड़को चोटले उनको प्रदर्शनलाई प्रभावित गऱ्यो।










