प्रशान्त देशका नेताहरूसितको बैठकपछि प्रधानमन्त्री सिडनी तर्फ  प्रस्थान

00-1-PM-Modi-6

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन देशहरूको यात्राको अन्तिम चरणमा सोमवार सिडनी (अस्ट्रेलिया)-को निम्ति पापुआ न्यूगिनीबाट प्रस्थान भए। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले उपरोक्त जानकारी गराउँदै ट्वीटमा भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको पपुआ न्यूगिनीको अत्यन्त प्रभावशाली यात्रा सम्पन्न भयो। यस यात्रा अवधि उनले प्रशान्त द्वीपीयमित्र देशहरूसितको सम्बन्धलाई अझ सशक्त बनाउने आफ्नो प्रतिबद्धतालाई पुनःदोहोऱ्याए। अब प्रधानमन्त्रीको अघिल्लो गन्तव्य सिडनी होl’

आफ्नो विदाई सन्देशमा प्रधानमन्त्रीले भने, ‘पापुआ न्यूगिनीको यात्रा ऐतिहासिक रह्यो। उनले यस अद्भुत राष्ट्रका मानिसहरूसित भेटघाट गरेका स्मरणहरूलाई सम्हालेर राख्नेछन्। नेताहरूसित बातचित गर्नका साथै आ-आफ्नो देशहरूसितको सम्बन्धलाई बलियो बनाउने उपायहरूमाथि चर्चा गर्ने अवसर पनि यस अवधि मिल्योl’

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री जेम्स मारापेको न्यानो स्वागतको लागि धन्यवाद ज्ञापन गर्दै अस्ट्रेलिमा आयोजना भइरहेका विभिन्न कार्यक्रमहरूमा भाग लिनको लागि उनी अब सिडनी गइरहेको जानकारी गराए। यसपूर्व प्रधानमन्त्रीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिंससित भेट गरे। भेटमा दुवै नेताहरूले भारत-न्यूजील्याण्ड सम्बन्धका सबै क्षेत्रहरूमा भएको प्रगतिलाई लिएर समीक्षा गरे। प्रधानमन्त्रीले ट्वीट गरी भने, ‘हामीले दुई देशबीचको वाणिज्य एवं सांस्कृतिक सम्बन्धलाई अझ गाढ़ा बनाउनेमाथि कुराकानी गऱ्यौंl’ –हिस

About Author

Advertisement