फूलबारी: जाडोको शुरूवातसँगै फूलबारी महानन्दा बैराजमा प्रवासी चराहरूको आगमन शुरु भएको छ। उत्तर बंगालका अन्य जलाशयहरूमा झै सिलगढी संलग्न रहेको फूलबारी बैराजमा पनि यस वर्ष विभिन्न प्रकारका विदेशी चरा-चरूङ्गीहरूको आगमन भइसकेका छन्। स्थानीय मानिसहरूले बताए अनुसार, हरेक वर्ष जाडोको मौसममा फूलबारी महानन्दा बैराज क्षेत्रमा विभिन्न प्रजातिका प्रवासी चरा-चरूङ्गीहरू देख्न पाइन्छ। यी प्रवासी चराहरू मंगोलिया, तिब्बत, दक्षिण अफ्रीका, साइबेरिया र अन्य विभिन्न देशहरूबाट आउँछन्। विभिन्न प्रकारका यी चराहरूलाई देखेर स्थानीय मानिसहरू खुशी हुन्छन्। यसको साथै उनीहरू ती चरा-चरूङ्गीहरूलाई कुनै प्रकारको क्षति नपुगोस् भन्ने कुरालाई ध्यान दिन्छन्।








