प्रमिला मुखियाकृत जेब्रा क्रसमा पातहरु सार्वजनिक गरियो

IMG-20221030-WA0139.jpg

मङपु: मङपुका नारी हस्ताक्षर प्रमिला मुखियाको पहिलो साहित्यक कृति जेब्रा क्रसमा पातहरु आज सार्वजनिक गरियो। साहित्यकार एवं अध्यक्ष उदय थुलुङको अध्यक्षमा सप्पन्न भएको साहित्यक समारोहको संचालन पुस्कार सिङगरले गरेका थिए। यसरी कार्यक्रममा उपस्थित अतिथिहरु साहित्यकार सुरेन्द्र थीङ; उदय थुलुङ; प्राध्यपिका चन्द्रकला राई अनि पुस्तक लेखिका प्रमिला मुखियको बाहुलीबाट जेब्रा क्रसमा पातहरुको सार्वजनिकीकरण गरियो।कवि सुरेन्द्र थीङले जेब्रा क्रसमा पातहरु पुस्तकको रचनाहरु माथी आफ्नो दुई कुरा राखे। साहित्यकार जगत राईले स्वागत सम्भाषण राखेको कार्यक्रममा सभापति उदय थुलुङले कवयत्रीलाई बधाई दिदै कार्यक्रमको अन्त गरे।

About Author

Advertisement