सिक्किम: प्रधानमन्त्री विश्वकर्मा योजना कार्यान्वयनलाई लिएर सभा

IMG-20240227-WA0271.jpg

गेजिङ: भारत सरकारको सुक्ष्म,लघु अनि मध्यम उद्यामी योजना अन्तर्गत शुरू गरिएको प्रधानमन्त्री विश्वकर्मा योजनालाई कार्यान्वयन गर्नको निम्ति आज गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतमा बसेको सभामा अतिरिक्त जिल्लापाल सुरत कुमार गुरूङ, महकुमा अधिकारी तिरसाङ तामाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै जिल्लापालले पीएम विश्वकर्मा योजना कार्यान्वयनको निम्ति केन्द्रको दिशा निर्देशलाई राम्रोसँग बुझ्न पर्ने साथै निर्धारित समयमा पहिलो चरणको लागि अनिवार्य लक्ष्य पूरा गर्न सल्लाह दिए। उनले खण्ड विकास अधिकारीहरूलाई सम्बन्धित ब्लकको ग्राम पञ्चायत यूनिट हरूमा बाँकी रहेका लाभार्थीहरूलाई पहिचान गर्दै समावेश गर्न प्रोत्साहित गरे। यसरी नै अतिरिक्त जिल्लापालले यसको लाभ उठाउनको लागि उक्त योजना अन्तर्गत आफूलाई दर्ता गर्न कारीगरहरूलाई प्रोत्साहित गर्न सबैलाई सुझाव दिए।

About Author

Advertisement