नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीलाई मंगलबार पुणे महाराष्ट्रमा लोकमान्य तिलक राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरियो। यो पुरस्कार ती व्यक्तित्वहरूलाई प्रदान गरिन्छ जसले राष्ट्रको प्रगति र विकासको लागि उल्लेखनीय एवं असाधारण काम गरेका छन्। यसअघि प्रधानमन्त्रीले दगडूशेठ मन्दिरमा दर्शन-पूजा गरे। त्यसपछि एक कार्यक्रमबीच प्रधानमन्त्रीलाई सम्मानित गरियो। कार्यक्रममा राष्ट्रवादी कंग्रेस पार्टीका नेता शरद पवार पनि उपस्थित थिए।
उल्लेखनीय छ, लोकमान्य तिलक राष्ट्रिय पुरस्कार लोकमान्य तिलकको विरासतलाई सम्मान गर्ने उद्देशेयले वर्ष १९८३ मा तिलक स्मारक मन्दिर ट्रष्टले गठन गरेको थियो। यो पुरस्कार यस्ता व्यक्तित्वलाई प्रदान गरिन्छ जसले राष्ट्रको प्रगति र विकासको लागि काम गरेका छन् तथा जसको योगदानलाई उल्लेखनीय र असाधारण रूपमा हेरिन्छ। यो प्रतेयक वर्ष एक अगस्तको दिन लोकमान्य तिलकको पुण्यतिथिको अवसरमा प्रदान गरिन्छ। प्रधानमन्त्री यस पुरस्कारका ४१औं प्राप्तकर्ता हुन्। यसपूर्व डा. शङ्कर दयाल शर्मा, प्रणब मुखर्जी, अटल बिहारी वाजपेयी, इन्दिरा गान्धी, डा. मनमोहन सिंह, एन.आर. नारायण मूर्ति, डा. ई. श्रीधरन जस्ता दिग्गजहरूलाई यो पुरस्कार प्रदान गरिसकिएको छ। -हिस
फोटो स्रोत: ट्वीटर








