गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किम भ्रमणका क्रममा आफ्नो दिनको सुरुवात गान्तोकमा बिहान फुटबल खेलेर गरे।प्रधानमन्त्रीले बिहानको समय आफ्ना युवासाथीहरूसँग फुटबल खेल्नु अत्यन्तै रमाइलो अनुभव भएको बताए। उनले गान्तोकको सुन्दर बिहानमा सिक्किमका युवाहरूसँग खेल्न पाउनु विशेष क्षण भएको उल्लेख गरे।

प्रधानमन्त्रीले आफ्नो सार्वजनिक सन्देशमा यो अनुभवलाई अत्यन्त आनन्ददायी र ऊर्जा दिने क्षणका रूपमा वर्णन गरे।









