प्रधानमन्त्री मोदीलाई मुख्यमन्त्रीको बधाई

FB_IMG_1774197390894

गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा लामो समयसम्म सेवा गर्ने सरकार प्रमुख बनेकोमा हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा प्रधानमन्त्री मोदीलाई ‘अमृतकाल’ मा देशलाई मार्गदर्शन गर्ने शक्तिका रूपमा चित्रण गर्दै उनको नेतृत्व १४५ करोड भारतीयहरूको विश्वास र आकांक्षाको प्रतिबिम्ब भएको बताएका छन्। उनले उत्तर–पूर्वी क्षेत्रको विकासमा केन्द्र सरकारले निरन्तर ध्यान दिएको उल्लेख गर्दै यसले क्षेत्रको समग्र विकास र राष्ट्रिय एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। सन्देशमा ‘राष्ट्र प्रथम’ तथा ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ जस्ता मार्गदर्शक सिद्धान्तमार्फत भारतले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिष्ठा बढाउँदै नयाँ–नयाँ विकासका कोसेढुङ्गा हासिल गरिरहेको पनि उनले उल्लेख गरेका छन्। मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीलाई राष्ट्रप्रति समर्पित सेवाका आगामी वर्षहरूको शुभकामना व्यक्त गर्दै निरन्तर मार्गदर्शन र समर्थनको अपेक्षा गरेका छन्।

About Author

Advertisement