दार्जिलिङ: राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सञ्चालित स्टार्टअप इन्डिया अभियानले देशभरिका युवाहरूलाई उद्यमशीलता र नव प्रवर्तनतर्फ प्रेरित गर्दै आएको छ भनि सामाजिक संजाल मार्फत व्यक्त गरे। उनले यस अभियानको प्रभाव दार्जिलिङका युवाहरूमा पनि स्पष्ट रूपमा देखिन थालेकोले यहाँ नयाँ सोच र स्थानीय सम्भावनामा आधारित स्टार्टअपहरू उदाउँदै गएको बताए।
सांसदले उल्लेख गरे अनुसार यस सन्दर्भमा स्यान्गबोस्थित लिभिङ फुड एन्ड बेभरेजेस उद्यमलाई सफल उदाहरणका रूपमा हेरिएको छ। स्थानीय स्रोत, संस्कृति र परम्परागत ज्ञानमा आधारित यस पहलले पहाडबाट जन्मिएका विचारहरू कसरी व्यावसायिक रूपमा सफल स्टार्टअपमा रूपान्तरण हुन सक्छन् भन्ने देखाएको छ।
विशेषज्ञहरूका अनुसार यस्ता पहलहरूले दार्जिलिङ तथा उत्तर–पूर्वका थप युवाहरूलाई नवप्रवर्तन, उद्यमशीलता र आत्मनिर्भरताको बाटो रोज्न प्रेरित गर्नेछ, जसले क्षेत्रीय अर्थतन्त्रलाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ भनि सांसदले संजालमा व्यक्त गरे।










