प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत सचेतना कार्यक्रम

IMG-20241108-WA0263

पाकिम: राष्ट्रीय सहकारी विकास निगम, क्षेत्रिय प्रशिक्षण केन्द्र कलकत्ता, मत्स्य पालन विभाग र भारत सरकारको पशुपालन विभाग मन्त्रालयको संयुक्त पहलमा आज जिल्लास्तरीय एक दिवसीय प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत सचेतना कार्यक्रम आयोजना गरियो। पाकिम जिल्लाको सामुदायिक केन्द्रमा आय़ोजित एक दिवसीय प्रशिक्षण कार्यक्रममा कृषि एवं वागवानी विभागका सल्लाहकार एनबी प्रधान मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा पूर्व विधायक विष्णु कुमार खतिवडा रहेका थिए। कार्यक्रममा पूर्व विधायक विष्णु कुमार खतिवडाले माछा मत्स्य पालक कृषकहरूलाई सम्बोधन गर्दै, आत्मनिर्भरताको महत्त्वमाथि जोड दिँदै उनीहरूको सञ्चालनलाई दिगो र विस्तार गर्न सीपहरू प्राप्त गर्ने विषय़माथि प्रकाश पारे। उनीहरूलाई थप उपलब्धिहरूतर्फ लाग्न प्रोत्साहन गरे। यस प्रकारको प्रयासले सिक्किमको व्यक्तिगत उन्नति र मत्स्यपालन क्षेत्रको विकास दुवैमा योगदान पुर्‍याउने कुरा उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई आविष्कारमा लाग्न आग्रह गरे। सोही प्रकारले मत्स्य पालन विकास विभागकी सचिव श्रीमती रोशनी राईले भारत सरकारले हालै शुरू गरेको राष्ट्रिय मत्स्यपालन डिजिटल प्लेटफर्म (एनएफडीपी) मा दर्ता गर्न माछा पालक कृषकहरूलाई आग्रह गरिन्। उनले सहभागीहरूलाई अपडेट र प्रभावकारी सञ्चारको लागि मत्स्यपालन विभागको फेसबुक पेजबारेमा पनि जानकारी गराउँदै कृषकहरूको प्रतिबद्धताको लागि प्रशंसा र कार्यक्रमको सफलता सुनिश्चित गर्ने सहयोगी प्रयासहरूको लागि एनसीडीसी प्रति कृतज्ञता व्यक्त गरिन्।

About Author

Advertisement