सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर २० मा बागडोग्रा एयरपोर्टको नयाँ टर्मिनल परियोजनाको शिलान्यास गर्ने छन्। सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। बागडोग्रा एयरपोर्टबाट दैनिक धेरै मानिसहरू यात्रा गर्छन्। दार्जीलिङ, कालेबुङ, जलपाईगढी, अलिपुरद्वार, कोचबिहारलगायत विभिन्न जिल्लाका मानिसहरू यस विमानस्थलमा निर्भर छन्। निर्वाचनपछि सांसद राजु विष्टले बागडोग्रा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने योजना बनाएका थिए। यसैबीच, मन्त्रिपरिषद्ले बागडोग्रा एयरपोर्टको नयाँ टर्मिनल परियोजनाका लागि १५ हजार करोड रुपियाँभन्दा बढी विनियोजन गरेको छ। बागडोग्रा विमानस्थलमा ७० हजार ३९० वर्ग मिटरको नयाँ टर्मिनल भवन बनाइनेछ, जसले विमानस्थलको यात्रु क्षमतामा उल्लेख्य वृद्धि गर्नेछ र पार्किङका लागि विमानस्थलमा १० नयाँ ‘पार्किङ बे’ बनाइनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर २० मा यस परियोजनाको शिलान्यास गर्नेछन्।

नयाँ टर्मिनल आयोजना सम्पन्न भएपछि बागडोग्रा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र यसले पर्यटनमा पनि सुधार आउने सांसद राजु विष्टले बताए।









