गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किम भ्रमणका क्रममा गान्तोकमा पद्म पुरस्कार प्राप्तकर्ता तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वहरूसँग भेटघाट गरे।हिजो साँझ भएको उक्त भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले विभिन्न क्षेत्रका उपलब्धि हासिल गरेका व्यक्तिहरूसँग अन्तरक्रिया गरे।प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्दै उक्त भेटघाटलाई अर्थपूर्ण र प्रेरणादायी भएको बताए। उनले विभिन्न विषयमा विस्तृत छलफल भएको उल्लेख गर्दै यसलाई अत्यन्त रमाइलो अनुभव भएको बताए।यस अवसरमा उपस्थित पद्म पुरस्कार प्राप्तकर्ता तथा विशिष्ट व्यक्तित्वहरूसँग देशको विकास, संस्कृति, सेवा र विविध क्षेत्रका विषयमा विचार–विमर्श भएको बताइयो।










