प्रधानमन्त्रीद्वारा उदघाटन गरिएको आय़ुषमान भारत कार्यक्रममा मुख्यमन्त्रीको सहभागिता

IMG-20241029-WA0314

गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आज आय़ुषमान भारत मन्त्री जन आरोग्य योजनाको उदघाटन गरे। उक्त उदघाटन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले भर्चुअलरूपमा सहभागात जनाए। यस विस्तारित योजनाले विशेष गरेर देशका ७० वर्ष भ्नदा माथि उमेरका सबै ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दछ, उनीहरूको आयस्रोत जेसुकै भए पनि आवश्यक स्वास्थ्य सेवाहरू प्राप्त गर्नेछन्। सोही प्रकारले प्रधानमन्त्रीले देशभर खोप सेवाहरू बढाउन यु-ड्बल्यूआईएन पोर्टलको पनि अनावरण गरे। यो प्रक्षेपणले विभिन्न डिजिटल आविष्कारहरू प्रस्तुत गर्योक, जसमा एलाइड हेल्थकेयर प्रोफेशनलहरूका लागि प्लेटफर्म, शीर्ष-स्तरीय चिकित्सा संस्थाहरूबाट ड्रोन-सक्षम स्वास्थ्य पहुँच, र जलवायु परिवर्तन र स्वास्थ्य कार्य योजनाहरूलाई सम्बोधन गर्नेछ विश्वास व्यक्त गरिएको छ।

यस कार्यक्रमको एक भागको रूपमा, प्रधानमन्त्रीले स्वास्थ्य सेवा पूर्वाधारलाई थप सुदृढ गर्दै राष्ट्रव्यापी स्वास्थ्य सेवा परियोजनाहरूको एक श्रृंखलाको उद्घाटन गर्दै देशवासीलाई समर्पण गरे। यी पहलहरूले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकता दिएर र डिजिटल आविष्कारहरू एकीकृत गरेर भारतमा थप समावेशी स्वास्थ्य सेवा प्रणालीतर्फ महत्त्वपूर्ण प्रगतिहरू विकास भएको दर्शाउने गर्दछ।

About Author

Advertisement