प्रधानमन्त्रीद्वारा इन्टरनेशनल बिग क्याट्स एलायन्स शुभारम्भ

प्रधानमन्त्री नरेन्द्र मोदीl फाइल फोटो

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार कर्नाटकको भ्रमणमा छन्। यस अवधि प्रधानमन्त्रीले इन्टरनेशनल बिग क्याट्स एलायन्स (आईबीसीए) को शुभारम्भ गरे। यस अवधि उनले बाघहरूको स्टेटस रिपोर्ट जारी गरे अनि देशमा अहिले ३ हजार १६७ वटा बाघ रहेको घोषणा गरे। आईबीसीएले यी प्रजातिहरूलाई शरण दिने छेउछाउका देशहरूको सदस्यताका साथै सात प्रमुख ठूलो बिरालो जस्तै बाघ, सिंह, चितुवा, हिम चितुवा, प्यूमा, जगुआर र तेन्दुआको संरक्षण र रक्षणमा ध्यान केन्द्रित गर्नेछ। उल्लेखनीय छ, प्रधानमन्त्रीले जुलाई २०१९ मा वैश्विक नेताहरूको एलायन्सको आह्वान गरेका थिए ताकि एशियामा अवैध शिकार र अवैध वन्यजीव व्यापारमा रोक लगाउन सकियोस्। प्रधानमन्त्रीको सन्देशलाई अगाडि बढ़ाउॅंदै एलायन्सको शुरू गरिएको छ।

प्रधानमन्त्रीले प्रोजेक्ट टाइगरको ५० वर्ष पुरा भएको स्मरणोत्सव कार्यक्रमको पनि उद्घाटन गरे। कार्यक्रममा मोदीले बाघ संरक्षणको निम्ति अमृतकालको विजन टाइगर रिजर्वको प्रबन्धन प्रभावी मूल्यांकनको पाँचौं चक्रको सारांश रिपोर्टको विमोचन गरे। बाघहरूको सङ्ख्याको घोषणा गर्दै उनले अखिल भारतीय बाघ अनुमान (पाँचौं चक्र) को सारांश रिपोर्ट जारी गरे। प्रधानमन्त्रीले प्रोजेक्ट टाइगरको ५० वर्ष पूरा भएकोमा एउटा स्कारक सिक्का पनि जारी गरे।यस अघि प्रधानमन्त्रीले बिहान बान्दीपुर टाइगर रिजर्वको भ्रमण गरे अनि संरक्षण गतिविधिहरूमा सामेल फ्रण्टलाइन फील्ड टास्क र स्वयं सहायता समूहसॅंग कुराकानी गरे। उनले मुदुमलाई टाइगर रिजर्वमा थेप्पाकडू एलीफेन्ट क्याम्पको पनि भ्रमण गरे।

About Author

Advertisement