प्रदेश भाजपाद्वारा राष्ट्रिय पञ्चायती राज दिवस पालन

IMG-20250424-WA0257

गान्तोक: भारतीय जनता पार्टी सिक्किम यूनिटले ३३औं राष्ट्रीय पञ्चायती राज दिवस पालन गऱ्यो। यस अवसरमा छुजाचेन निर्वाचन क्षेत्र र नाम्ची जिल्लाको मणिराम भञ्ज्याङमा आयुष्मान भारत र ई-श्रम कार्ड वितरण कार्यक्रम आयोजना गरियो। यस प्रकारको कार्यक्रम आयोजन गरेर प्रदेश भाजपाले समावेशी विकासप्रतिको प्रतिबद्धतामाथि जोड दिएको छ। छुजाचेनमा आयोजित कार्यक्रममा वरिष्ठ भाजपा नेता तथा पूर्व विधायक मोहन गुरुङ, पाकिम जिल्ला अध्यक्ष प्रेम छेत्री लगायत अन्य शीर्ष कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा हालै जम्मू-कश्मीरको पहलगाम आतंककारी हमलाका मृतहरुको सम्झनामा मौनधारणा गरियो। जसले राष्ट्रिय एकताको सन्देश दिने कार्य गरिएको थियो। दलपचन्दमा आयोजित कार्ड वितरण कार्यक्रमले आयुष्मान भारत कार्ड वितरण, यसमा ५ लाख रुपियासम्मको निःशुल्क चिकित्सा उपचार प्रदान गर्ने प्रावधान साथै ई-श्रम कार्डले सामाजिक सुरक्षा लाभ सुनिश्चित गर्ने विषयमाथि जागरुकता गराइएको थियो। जनतालाई आवश्यक सेवाहरूको सुविधा वृद्धि गर्ने विषयमा जोड़ दिएको थियो। यसैगरि, भाजपा नाम्ची जिल्लाले मणिराम भञ्ज्याङमा पार्टीको राज्य उपाध्यक्ष डीसी नेपाल, महासचिव अर्जुन राई र महिला मोर्चा उपाध्यक्ष अरुणा मंगरको सक्रियतामा केन्द्र सरकारद्वारा सञ्चालित विभिन्न योजनाबारे जागरुकता गराएका थिए। .

About Author

Advertisement