प्रदेश भाजपाका सल्लाहकार कर्म पिन्चो भोटियाको निधन

n642456977173359583824860d059c949bba80decfec1702ef7e105ab9863a2d900e8dd8f0054c695d5b042

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका सल्लाहकार कर्म पिन्चो भोटियाको निधन भएको छ। उनको असामयिक निधनले भाजपा सिक्किम परिवारलाई अपूरणीय क्षति पुगेको प्रदेश भाजपाले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।
विज्ञप्तिमा भनिएको छ, स्व. भोटिया पार्टीको एक स्तम्भ थिए र एक सल्लाहकारको रूपमा उनको योगदान अतुलनीय थियो। स्व. भोटिया एक समर्पित जन सेवक थिए र खेलकुद एवं युवा मामिला विभागका पूर्व सचिव पनि थिए। सिक्किमको खेल विकासमा उनले धेरै योगदान दिएका छन्। उनले धेरै खेल व्यक्तित्वहरूलाई प्रशिक्षित अनि प्रवर्द्धन गरे भने राज्यमा खेलकुद पूर्वाधारहरूको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे।
वर्ष २०२३ मा वहाँ भाजपामा सामेल भएका थिए। प्रदेश भाजपाले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगतको चिर आत्मशान्तिको कामना गरेको छ।

About Author

Advertisement