प्रदेशवासीहरूलाई राज्यपालले दिए हिन्दी दिवसको शुभकामना

photocollage_202482002358511

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राज्यवासीहरूलाई हिन्दी दिवसको अवसरमा हार्दिक शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, ‘हिन्दी दिवसको अवसरमा म प्रदेशवासीहरूलाई हार्दिक बधाई दिॅंदछु।
हिन्दी हाम्रो राजकाजको भाषा हुनका साथै देशको सांस्कृतिक एकताको प्रतीक पनि हो। हिन्दी भाषाले एक सेतुको रूपमा देशलाई एक सूत्रमा जोड्ने कार्य गरेको छ।’
राज्यपालले अघि भने, ‘सिक्किम सांस्कृतिक रूपमा समृद्ध राज्य हो, जहॉं विभिन्न भाषा, धर्म र परम्पराहरू सहअस्तित्वमा छन्। यसै सांस्कृतिक विविधताले राज्यलाई विशेष बनाउॅंछ र एउटै समाजको अंग भएर आपसी सद्भाव बढाउँछ।’
राज्यपालले यस अवसरमा आफ्नो भाषा र संस्कृतिको सम्मान गर्दै अरूहरूको भाषा र संस्कृतिको पनि सम्मान गरौं र राष्ट्रलाई अझ धेरै नयॉं उचाईहरूसम्म लिएर जाउॅं भनी आह्वान गरेका छन्।

About Author

Advertisement