प्रदीप खड्का अभिनित ‘पिताम्बर’ र विपिन कार्की स्टारर ‘कर्मा’ शुक्रबारदेखि प्रदर्शन हुने

IMG-20250410-WA0189

झापा: शुक्रबारदेखि हलमा २ नयाँ फिल्म रिलिज हुँदैछन्। दुई नेपाली फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ दुबै एक्सन फिल्म हुन्। बिहीबारदेखि सनी देओल स्टारर हिन्दी एक्सन फिल्म ‘जाट’ प्रदर्शनमा आएको छ।
‘जाट’ न्यून अकुपेन्सीसहित प्रदर्शनमा आएको छ।
शुक्रबारदेखि रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’ले प्रतीक्षित छन्। इन्टरनेट प्लाटफर्ममा पनि यी फिल्मका प्रचार सामग्रीले स्थान पाएका छन्। हुनसक्छ यी सूचकलाई हेरेर हलले उत्साहजनक शो दिए।
दुईमध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ। जसको देशब्यापी शो संख्या १७० छ। विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाउँदा सनी देओल स्टारर भारतीय फिल्म ‘जाट’को शो संख्या शुक्रबार १०३ छ।
प्रदर्शनरत ‘वसन्त’ शुक्रबारदेखि ५५ शोमा खुम्चिएको छ र ‘अञ्जिला’ले देशब्यापी ४२ शो पाएको छ। प्रकाश सपुतको ‘वसन्त’को शो संख्यामा आधाभन्दा धेरै गिरावट देखिन्छ।अब कुरा गरौं, शुक्रबारदेखि प्रदर्शन हुने २ नेपाली फिल्मको अग्रिम टिकट बिक्रीको। ‘पिताम्बर’ र ‘कर्मा’ दुबै फिल्मको एड्भान्स टिकट बिक्री न्यून देखिन्छ। प्राप्त शो संख्याअनुसार एड्भान्स टिकट बिक्री अपेक्षाअनुसार छैन।
अब यी दुई फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’ आवश्यक पर्नेछ।

About Author

Advertisement