प्रथम सिक्किम सब् जुनियर र जुनियर ऱ्याङ्किङ ब्याडमिन्टन प्रतियाेगिता सम्पन्न

IMG_20220710_222719.jpg

नाम्ची: नाम्चीकाे इन्डोर स्टेडियममा आज प्रथम सिक्किम सब् जुनियर र जुनियर ऱ्याङ्किङ ब्याडमिन्टन प्रतियाेगिताकाे फाइनल खेल सम्पन्न भयो। ब्याडमिन्टन एसोसिएशन नाम्चीले आयाेजना गरेकाे यस प्रतियाेगिताकाे फाइनल खेलमा नाम्ची नगर परिषदका पार्षद पेम नर्बु भाेटिया मुख्य अतिथि रहेका थिए।

यस प्रतियाेगितालाई सफल बनाउन साेरेङ, जाेरथाङ, नाम्ची, सिङताम, गेजिङ, गान्ताेक, आसामलिङ्गे आदि स्थानका ब्याडमिन्टन एसोसिएशनका खेलाडीहरूले सहभागिता जनाएका थिए। उल्लेखनीय छ, यस प्रतियाेगिताकाे कनिष्ठ उदयमान खलाडी साैरभी गुरूङलाई चयन गरियाे।

About Author

Advertisement