प्रतिबन्धित नशालु पदार्थको साथमा तीनजना पक्राउ

गान्तोक: प्रतिबन्धित नशालु पदार्थको साथमा जोरथाङ पुलिसले अाज प्रेमकुमार राई, दिवस प्रधान र सन्नी कुमार रावत नामको तीनजनालाई पक्राउ गरेको छ। पुलिसले आरोपितहरूबाट ८.७२ ग्राम हेरोइन जफत गरेको छ।

गुप्त सूचनाको आधारमा पुलिसले आरोपितहरू यात्रा गरिरहेको वाहनकाे तलासी लिॅंदा ३५ वटा पाउछमा ८.७२ ग्राम हेरोइन बरामद गरे। आरोपितहरू विरूद्ध पुलिसले सम्बन्धित धारा अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

Advertisement