प्रतिबन्धित ड्रग्ससहित जुत्ता व्यापारी मनोज कुमार गुप्ता पक्राउ

jutta.jpg

गान्तोक: सिक्किमको सिताम पुलिसले मनोज कुमार गुप्ता नामक एकजना व्यापारीलाई ड्रग्ससहित पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा पुलिस उप-निरीक्षक लक्ष्मण गजमेरको नेतृत्वमा गएको पुलिस टीमले सिताम बजारको जुत्ता व्यापारी मनोज कुमार गुप्तालाई प्रतिबन्धित ७९१ वटा एसपी क्याप्सूलसहित पक्राउ गरेको छ।पुलिसको खोजतलासको क्रममा तिनको कोठाबाट प्रतिबन्धित क्याप्सूल फेला परेको बताइएको छ। आरोपी गुप्तालाई पक्राउ गरेर सिताम पुलिसले तिनी विरुद्ध सिक्किम एण्टी ड्रग्स एक्ट (साडा) २००६ अन्तर्गत मामिला दर्ता गरेर सोधखोज गरिरहेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement