बिराटनगर: नेपाली कांग्रेस र नेकपा एकिकृत मालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ। दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ। एकिकृत मालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ।










