पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रमको समापन

IMG-20240412-WA0321.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै नाम्ची जिल्लाका पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम आयोजना गऱ्यो। नाम्ची जिल्लाको टाउन हलमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई मतदान र प्रिसाइडिङ अफिसरको भूमिकाका बारेमा विभिन्न विभिन्न प्रकारले जानकारी गराइयो। विशेष गरेर चुनाउको समयमा वैधानिक कागज पत्र जाँच गर्ने व्यवहारिक निर्देशन दिएको थियो भने सोही प्रकारले मतदान केन्द्र गतिविधिमा निगरानी गर्ने पनि निर्देश दिएको थियो। उनीहरूलाई इलेक्ट्रोनिक भोटिङ मशिन र भोटर भेरिफायेबल पेपर अडिट ट्रेल प्रणालीकबारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि प्रदान गरियो। यस अवसरमा अतिरिक्त जिल्लापाल अनन्त जैन, सह जिल्लापाल पुल्कित लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement